कमलले जिते विश्व च्याम्पियनसिपमा रजत

मलेसिया मा सम्पन्न पाँचौँ विश्व कराँते डो च्याम्पियनसिपमा नेपालका कमल ओलीले ६० किलो तौल समूहमा रजत पदक जितेका छन् । उनले पहिलो चरणमा चाइनिज ताइपेइ , दोस्रो चरणमा भारत लाई र सेमिफाइनलमा फ्रान्सका खेलाडीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । फाइनलमा उनी रोमानियाका खेलाडी सङ्ग झिनो अन्तर ले पराजित भएको मलेसियाबाट प्रशिक्षक प्रकाश चन्दले जानकारी दिए । नेपालको अहिलेसम्म पदक तालिकामा १ रजत रहेको छ । यसलाई नेपाली गोजुरियोको महत्त्वपूर्ण सफलताको रूपमा हेरिएको छ ।

Comment