नमुना बौद्ध चेस प्रतियोगिता सुरु

दोस्रो नमुना बौद्ध मास्टर चेस प्रतियोगिता मङ्गलवार सुरु भयो । काठमाडौँ बौद्धमा जारी प्रतियोगिताको पहिलो दिन भएको पहिलो चरणको खेलमा रिजेन्द्र राज भण्डारी सुदिप तामाङसँग पराजित भए । यसै गरी, अविरल राईले क्षितिज भण्डारीलाई हराए ।
५६ खेलाडी सहभागी प्रतियोगिताका अन्य परिणाम भने स्वाभाविक रहे । प्रतियोगिता स्विस लिग प्रणालीमा नौ चरणको हुने छ ।

Comment