नवीन तेक्वान्दोका मुख्य प्रशिक्षक

नवीन कुमार श्रेष्ठ तेक्वान्दोका मुख्य प्रशिक्षक भएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले सोमबार उनलाई नियुक्त गरेको हो । यस अघि सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाली सकेका पूर्व राष्ट्रिय च्याम्पियन नवीन प्रशिक्षक र रेफ्रि दुवैको भूमिकामा उत्तिकै सफल व्यक्तिको रूपमा परिचित छन् । पछिल्लो समय ओरालो लागेको नेपाली तेक्वान्दोको स्तर फेरी उकास्न उनको कार्यकाल सफल हुने अपेक्षा धेरैको रहेको छ ।

Comment