लुम्बिनी इभेन्ट म्यानेजमेन्टको टिमको सम्मान


लुम्बिनी ईभेन्ट म्यानेजमेन्ट प्राली ले तुल्सिलाल अमात्य स्मृति पाँचौँ राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगितामा चौथो स्थान प्राप्त गर्न सफल खेलाडीलाई सम्मान गरेको छ । साथै उक्त कार्यक्रममा लम्विनी ईभेन्ट म्यानेजमेन्टमा अनुबन्धित खेलाडीहरूलाई ५ बर्से सम्झौता पत्र हस्तान्तरण गरेको छ ।
टिम च्याम्पियनसिपमा सो टोलीबाट सहभागी हुने खेलाडीमा मिलन रोका, मिलन लामा, सुश्रुत दाहाल, बिबेक श्रेष्ठ र युवराज पौडेल थिए ।
कार्यक्रममा बोल्दै नेपाल बुद्धिचाल सङ्घका केन्द्रीय सल्लाहकार सुवोधराज सेर्पालीले आगामी दिनमा नेपालमा व्यबसायिक चेस खेलको बिस्तार गर्न र खेलाडीहरूलाई खेलेर नै जीवन निर्वाह गरी आत्मनिर्भर गर्नका लागी खेलाडी अनुबन्ध प्रक्रियालाई सबै क्लबहरूले अपनाउनुपर्ने बताएका थिए । यो नेपाली चेस इतिहासमा नयाँ प्रयोग हो, अरू खेल भन्दा चेस सबै क्षेत्रमा पुर्‍याउन सहज रहेकोले चेस खेललाई आम नागरिकको खेल बनाउन आगामी दिनमा नेपाल बुद्धिचाल सङ्घ र चेस सँग सम्बन्धित सङ्घ सस्ताहरू लाग्नुपर्ने बताए ।
सम्मान तथा अनुबन्धन सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा नेपाल बुद्धिचाल सङ्घका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय आर्बीटर बालाराम पुन, पूर्व उपाध्यक्ष एवं फिडेमास्टर सुरेन्द्र प्रसाद श्रेष्ठ, र कम्पनीका तर्फबाट रजत बुढाथोकी, बबिदेवल पुनको उपस्थिति रहेको थियो ।
सम्मान तथा अनुबन्धन सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा नेपाल बुद्धिचाल सङ्घका सल्लाहकार सुवोधराज सेर् पाली, केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय आर्बीटर बालाराम पुन, पूर्व उपाध्यक्ष एवं फिडेमास्टर सुरेन्द्र प्रसाद श्रेष्ठ, र कम्पनीका तर्फबाट रजत बुढाथोकी, बबिदेवल पुनको उपस्थिति रहेको थियो ।

Comment