गाईजात्रा फुटबलमा लाकुर विजयी

Manoj Shiama
21 August, 2019 6:04 am


१६ औ दिनेश स्मृति गाईजात्रा फुटबल प्रतियोगिताको उपाधि लाकुर फुटसल हरिसिद्धिले जित्न सफल भएको छ । शुक्रवार सम्पन्न खेलमा आयोजक नमुना खेलकुद क्लबलाई टाईब्रेकरमा ५-४ गोलले पराजित गर्दै लाकुरले नगद ३०००० सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो । उप विजेता नमुनाले १५००० रुपैया तथा पराजित टिम मध्येबाट पेनाल्टी सुटअाउट प्रतिस्पर्धामा विजयी खालिवारि फुटबल क्लबले १०००० रुपैया प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नमुना खेलकुद क्लबका विवेक सिलवाल भए। प्रतियोगिताको समापन समारोह गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्य तथा यसै नगरपालिका वडा नं.३ का वडाध्यक्ष श्री बाल मुकुन्द घिमिरेको विशेष आतिथ्यमा सम्पन्न भयो । नमुना खेलकुद क्लबका अध्यक्ष डम्बर स्याङ्तानकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।