जापानमा वर्षाले जितिन् रजत पदक

जापानको हिमोजी सहरमा भएको सम्पन्न केयुकाइ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालकी वर्षा साउदले सिनियर महिला कुमुतेको ६१ किलो तौल समूहमा रजत पदक जितेकी छिन् । पहिलो चरणमा बाइ पाएकी उनले दोस्रो चरणमा घरेलु खेलाडीबाट वाक ओभर पाएकी थिइन् । सेमिफाइनलमा उनले इंग्ल्यान्डकी चनेसा वालगोविनलाई ५–० ले हराए पनि फाइनलमा उनी डेनमार्ककी खेलाडीसँग ३–२ ले पराजित भइन् ।
काता तर्फ वर्षा पाँचौँ स्थानमा रहिन् । उनी क्वार्टरफाइनलमा जापानकी ताकासीमा होनमीसंग ३–२ ले पराजित भइन् । होनामीले सो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । यो सफलतासँगै वर्षाको लागि यस पटक जापान भ्रमण उपलब्धि मुलह रह्यो । यस अघि उनले कोफुकान अन्तर्राष्ट्रिय प्रतियोगितामा काश्य पदक जितेकी थिइन् ।

Comment