अन्तराष्ट्रिय करातेको तयारी पुरा

आरबिए नवौ अन्तराष्ट्रिय गोजुरियो कराते प्रतियोगितामाको तयारी लगभग पुरा भएको आयोजकले जानकारी दिएको छ । राष्ट्रिय गोजुरियो कराते डो संघ नेपाल सुदुर पश्चिम प्रदेश कमिटीको आयोजना तथा राष्ट्रबादी विकासशील अभियानको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा शुभश्री प्रायोजक रहेको छ । ९ देखि ११ जेठसम्म हुने प्रतियोगितामा नेपाल,भारत, श्रीलंका, बंगलादेश,भुटान र पाकिस्तानका समेत गरी लगभग ७ सय जना खेलाडीको सहभागिता रहने जनाइएको छ ।

Comment