लैनचौरलाई उपाधि

आयोजक नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरले छैटौं राष्ट्रिय खुला गिरीजाप्रसाद कोइराला स्मृति कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा लैनचौरले ५ स्वर्ण, ५ रजत र ८ कांस्य पदक जित्यो । ४ स्वर्ण, २ रजत र २ कांस्यसाथ मनमहेश्वरी दोश्रो भयो । तेश्रो स्थानको ब्लेसले ४ स्वर्ण र ४ कांस्य हात पा¥यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य दावा गुरुङ, नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, नेपाल कराते महासंघका उप–महासचिव ओमकृष्ण प्रसाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि प्रतियोगिताअन्तर्गत भएको स्कुलतर्फ १० स्वर्ण, १२ रजत र २ कांस्य जित्दै न्यु लिरा टिम च्याम्पियन बनेको थियो ।

Comment