एपीएफको जित जारी

आठौं राष्ट्रिय खेलकुद अन्तरगत शनिवार विहान भएको पुरुष हेन्डबल खेलमा प्रदेश ५ र गण्डकी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा प्रदेश ५ ले कर्णाली प्रदेशलाई २२–१२ गोल अन्तरले पराजित गर्दा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लवलाई २४–२१ गोलले पराजित ग¥यो ।
यसैगरि, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ वीच भएको खेल बराबरी भएको छ । दुवै टिमले समान १४–१४ गोल गरेपछि दुवै टिमले समान अंक बाँडेका छन् । त्यस्तै, शनिवार दिउँसो भएको पहिलो खेलमा एपीएफ क्लव विजयी भएको छ । प्रदेश १ लाई २६–१० ले एपीएफले पाखा लगायो ।
पुरुष हेन्डवल प्रतियोगिता अन्तरगत शनिवार दिउँसो भएको अर्को खेलमा प्रदेश ३ ले प्रदेश २ लाई १४–३६ गोल अन्तरले पराजित ग¥यो । भने, दिउँसो नै भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई २६–१५ गोलले स्तब्ध बनायो ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा शनिवार विहान भएको महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा नेपाली सेनाले प्रदेश ५ लाई ४४–७ को फराकिलो गोल अन्तरले स्तब्ध पा¥यो । त्यस्तै विहान भएको दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ५–८ गोल अन्तरले पाखा लगायो ।
यसैवीच, प्रतियोगिता अन्तरगत शनिवार दिउँसो भएको महिला हेन्डबल खेलमा विभागिय त्रिभुवन आर्मी, एपीएफ र गण्डकी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ०–२४ को पराकिलो अन्तरले पाखा लगायो । त्यस्तै दोस्रो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई २–३६ गोल अन्तरले हरायो ।
त्यस्तै तेस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश ५ लाई ७–४४ गोल अन्तरले हराउँदै जित निकाल्यो । शनिवार नै भएको अर्को खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ५–८ गोल अन्तरले हराएको हो ।

Comment