सुशिल एएसबीसी इलाईट बक्सिङमा छनोट


नेपाल आर्मीका सुशिल थापाले एएसबिसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । शुक्रवार भएको ४९ केजी तौल समूहको छनोट खेलमा आर्मीका सुशिलले प्रदेश ३ का मदन डंगोललाई अंकका आधारमा ५–० ले हराउदै छनोट भएका हुन् । थाईल्याण्ड बक्सिङ संघको आयोजनामा अप्रिल १६ देखि २६ सम्म बैंककमा संचालन हुन प्रतियोगितामा महिलातर्फ ५१ केजी तौल समूहमा एपीएफकी माला राई र आर्मीकी बिमला श्रेष्ठ फाईनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा एपीएफकी मालाले प्रदेश ५ की बिमला थापालाई अंकका अधारमा ५–० ले हराईन् । दोश्रो खेलमा आर्मीकी बिमलाले प्रदेश ४ की मिना घलेलाई ५–० ले अंककै आधारमा हराईन् । राष्ट्रिय खेलकुद परिषद्को सेमि कभर्डहमा भएको छनोट खेलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनवहादुर केसी,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बक्सिङका भिष्मपितामह सुरेशसिंह आलेलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा महिला ५१ केजी र ६० केजी तथा पुरुष ४९ केजी र ९१ केजीमाथी चार खेलाडीले सहभागिता जनाउने छन् । आठौं राष्ट्रिय खेलकुदका लागि प्रादेशिक छनोटमा परेका सातै प्रदेशका खेलाडी तथा तीन बिभागिय टिमका खेलाडीलाई उल्लेखित तौल समूहमा छनोट खेलमा सहभागिताका लागि अनुरोध गरिएको नेपाल बक्सिङ संघले जनाएको छ ।

Comment