गोदावरीमा कराते प्रतियोगिता


गोदावरी मार्सल आर्ट सेन्टर र आइडब्लुएफएन केन्द्रिय टेक्नीकल कमिटीको आयोजनामा आगामी शनीबार तेश्रो राष्ट्रिय वादो कराते च्याम्पियनसीप हुने भएको छ । गोदावरी पार्टी प्यालेसमा हुने एक दिने प्रतियोगितामा २सय ६२ खेलाडी सहभागि हुने छन् । प्रतियोगितामा २४ स्पर्धा समाबेश गरिएको आयोजक कमिटीका प्रमुख चिन लामाले जानकारी दिए । प्रतियोगिताको लागत रकम ६ लाख रुपैया रहेको छ ।

Comment