वादोरियो कराते टोली फर्कियो
![](https://i0.wp.com/www.khelkudnews.com/wp-content/uploads/2019/02/hasaran.jpg?resize=565%2C297)
तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी भइ नेपाली वादोरियो कराते टोली मंगलबार स्वदेश फर्किएको छ । भारतको विषाखापट्नममा भएको प्रतियोगितामा टोलीले ६ स्वर्ण, १ रजत र २ कांस्य जितेको थियो ।
निखिल पकवाल तथा निमा तामाङले दोहोरो स्वर्ण जिते । राजकुमार तामाङ तथा चित्रप्रसाद श्रेष्ठले १–१ स्वर्ण हात पारे । चित्रले थप १ कांस्य पनि जिते । त्यस्तै २ पदक जितेका विशाल खड्गीले रजत र कांस्य आफ्नो नाममा लेखाए ।
नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा गएको टोलीमा पुरुषोत्तम पोखरेल र आङध्वज परियारले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । टिम व्यवस्थापकमा लवली थापा थिइन् ।