कल्याण शेरचन स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता सुरु

पोखरा
कल्याण शेरचनको स्मृतिमा गठित कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरामा सञ्चालित कल्याण शेरचन समृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत सोमबार पाँच खेल सम्पन्न भएका छन्।
सुरु भएको छ।
पहिलो खेलमा पोखरा भ्याली स्पोर्टस् क्लबले हिमालयन युवा क्लबबाट वाकओभर पायोर दोस्रो खेलमा पाटन युनाइटेडले नयाँगल्ली एफसी ए लाई १–० ले पराजित ग¥यो। पाटनको जीतमा सुशान्त गुरुङले निर्णायक गोल गरेका थिए।
तेस्रो खेलमा काजीपोखरी युथ क्लबले विटी क्लब बी लाई १–० ले पाखा लगायो। काजीपोखरीको तर्फबाट एकमात्र गोल प्रदीप बानियाँले गरेका थिए। चौथो खेलमा फेदी एफसीले एसओएस बालग्रामलाई टाइब्रेकरमा ३–२ ले हरायो। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
पाँचौं खेलमा एलजी एशोसिएसनले मझेरीपाटन एफसीबाट वाकओभर पाएको प्रतियोगिता संयोजक डीबी नेपालीले जानकारी दिए।
माघ २० र २१ गते कुनै पनि खेल हुने छैनन्। बिहीबार एयरपोर्ट युथ क्लब र नयाँगल्ली एफसीबीच पहिलो, रत्नसेवा समाज र पोखरा भ्याली स्पोर्टस् क्लबबीच दोस्रो, पाटन युनाइटेड र काजीपोखरी युथ क्लबबीच तेस्रो तथा फेदी एफसी र एलजी एशोसिएसनबीच चौथो क्वाटरफाइनल खेल हुने प्रतिष्ठानका कोषाध्यक्ष प्रदीप गौचनले जानकारी दिए।
माघ २४ गतेसम्म पोखराको बगरस्थित टुँडिखेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा १६ टीमको सहभागिता रहेको छ।
विजेता टीमलाई नगद ६५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ३५ हजार पाँच सय ५५, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई नगद तीन हजार पुरस्कार प्रदान गरिने छ। प्रतियोगितामा करिब पाँच लाख ८५ हजार एक रुपैयाँ खर्च तथा सात लाख ७० हजार आम्दानी हुने अनुमान गरिएको छ।

Comment