एपीएफको जितमा बन्दना र र दिपेन्द्रको उत्कृष्ट प्रदर्शन

नेपाल ह्याण्डबल संघद्वारा आयोजित खुल्ला राष्ट्रिय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिताको दुवै तर्फ स्पर्धाको उपाधि एपिएफ क्लबले जित हात पारेको छ । बूढानीलकण्ठ नगरपालिकाको आकाशेधारामा भएको पुरुष तर्फको फाईनल खेलमा एपिएफले २६ गोल गर्दा त्रिभुवन आर्मी क्लबले २५ गोल गर्न सफल भएको थियो ।
महिला तर्फ भएको खेलमा एपिएफ २६–१९ ले गोल गर्न सफल भयो । सो प्रतियोगितामा प्रथम हुने परुष तथा महिला तर्फका दुबै टीमलाई नगद २५ हजार र द्वित्तिय हुने दुबै टिमलाई १५ हजार रुपैया प्रदान गरियो । उत्कृष्ट पुरस्कार पुरुष तर्फबाट त्रिभुवन आर्मी क्लबका दिपेन्द्र राईले प्राप्त गरे भने महिला तर्फ एपिएफकी बन्दना राईले हात पारीन् ।
पुरुष तर्फ एपिएफका सन्दिप कार्की र महिला तर्फ पनि एपिएफकी उमा राई शीर्ष गोलकर्ता भए । एपीएफको विजयमा पछिल्लो समय बन्दनाको उत्कृष्ट प्रदर्शन यथाबत रहेको छ । लगभग एक दशक अघि देखि उनी ह्यान्डबलको राष्ट्रिय टोलीकी सदस्य मात्र होइन, महत्वपूर्ण खेलाडीको रुपमा समेत रहेकी छिन् ।

Comment