अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित


नेपाल वादोरियो कराते डो संघले आईएसकेयु अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ । भारतको अहमदाबादमा डिसेम्बर ३० र ३१ तारिखमा भएको प्रतियोगितामा नेपाल १० स्वर्ण, ५ रजत र ४ कांस्यसाथ टिम उपविजेता भएको थियो ।
विकबहादुर थामी तथा गरीमा गिरीले दोहोरो स्वर्ण जितेका थिए । सिम्मा राईले स्वर्ण र कांस्य, विशाल खड्गीले स्वर्ण, विनय लिम्बूले स्वर्ण र रजत, सन्जोक लिम्बूले स्वर्ण, सागर राउतले स्वर्ण तथा सुनैना शाक्यले स्वर्ण जिते । निरोज गौतमले रजत, राजु बुढाथोकीले रजत, लोकमान श्रेष्ठले रजत तथा रोजिना लिम्बूले रजत र कांस्य हात पारे । जिलेदार थारु र अजय तामाङले कांस्य प्राप्त गरे । सोही अवसरमा टोलीका प्रमुख प्रशिक्षक हरिशरण केसी, टिम व्यवस्थापक नेत्रबहादुर भुजेल तथा निर्णायक कुन्ती गुरुङ र पुरुषोत्तम पोखरेल पनि सम्मानित भए ।

Comment