राष्ट्रिय नोभिष बक्सिङ बुधबार देखि

नेपाल बक्सिङ संघले प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिताको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गर्ने प्रतियोगिता मंसिर ५ देखि ८ सम्म संचालन हुने संघका अध्यक्ष राम अवालेले जानकारी दिए । प्रतियोगितामा यु १९ महिलातर्फ४८,५१,५४,५७ र ६० केजीका तौल समुह समाबेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६० र ६४ तौलमा प्रतिस्पर्धा हुने राखेपका सदस्य समेत रहेका प्रतियोगिता संयोजक अर्जुनवहादुर केसीले जानकारी गराए । त्यस्तै यु १९ देखि २४ मुनीको महिलामा४८,५१,५४,५७ ,६० र ६४ केजीका तौल समुह समाबेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६०,६४,६९ ,७५ र ८१ केजी तौलमा प्रतिस्पर्धा हुने छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा हुने प्रतियोगिताको अनुमानित बजेट पच्चीस लाख रहेको पत्रकार सम्मेलनमा अध्यक्ष अवालेले जानकारी दिए । प्रत्येका तौल समुहका बिजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराए

Comment