वडाअध्यक्ष कप फुटबल सुरु

गोदावरी नगरपालीका, १३ वडाब्यापी खेल महोत्सब अन्तरगतको वडा अध्यक्ष कप रनिङशिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको वडाअध्यक्ष भाष्कर थापाले उद्घाटन गरे । फुटबल प्रतियोगिता १९ कात्तिकमा सम्पन्न हुने छ । महोत्सबमा चेस, दौड र टेबल टेनिस पनि समाबेश गरिएका छन् ।

Comment