नौलिनमा टेनिस सम्पन्न

फस्ट नौलिन जेटिआई जुनियर च्याम्पिनशील शनिबार सम्पन्न भएको छ । नौलिन स्पोर्ट्स भिल्ला बुढानीलकण्ठडको टेनिस कोर्टमा शनिबार विभिन्न उमेर समूहको फाइनल भएको खेल भएका थिए । अन्डर १४ को ब्वाइजतर्फ चिराज तिमल्सिना विजयी भएका छन् । उनले इभेक जोशीलाई ७(५, ६(२, ६(३ मा हराए । अन्डर १४ गर्लतर्फ सलोनी तामाङ विजयी भइन् । उनले शिर्भाणी श्रेष्ठलाई फाइनलमा ४(६, ६(०, ६(१ सेटमा पराजित गरेकी हुन् । त्यसैगरी अन्डर १२ व्वाइजतर्फ सफल श्रेष्ठ विजयी भएका छन् । उनले सक्षमविक्रम शाहलाई ७(५ र ६(४ सेटमा पराजित गरे ।

अन्डर १२ गर्लमा सुभाङ्गीलक्ष्मी शाहले अज्जालाई पराजित गर्दै उपाधि जितेकी छन् । उनले ६(२, ६(३ पराजित गरिन । अन्डर १० तर्फको खेलमा व्वाइजमा आयुषमान घलेले राजवीर प्रधानलाई १(६, ६(१ ९१०(३०मा पराजित गरे । अन्डर १० गर्लमा सुनिरा थापालाई पराजित गर्दै प्रसशा मोक्ताल फाइनल जितेकी छिन् । उनले ३(६ र ५(७ को सेटमा जितेको हुन् । अन्डर ९ व्वाइजमा निसाद जोशी विजयी भए । उनले बोरिस अधिकारीलाई ४(२, ४(२ ले पराजित गरे । त्यसैगरी अन्डर ९ गर्लमा प्रतिष्ठा लामाले समृद्धि महर्जनलाई पराजित गरेकी उपाधि जितेकी छिन ।
लामाले ५(४ र ४(२ महर्जनलाई पराजित गरेकी हुन् । अन्डर ८ व्वाइजतर्फ अदृत नेपाल विजयी भएका छन् । उनले स्पर्श तिमल्सिनालाई १४(१२, ८(१० र ११(९ पराजित गरेका हुन् । गर्लतर्फ प्रज्ना मानन्धरले सम्राज्ञीलाई १०(७ र १०(४ को सेटमा पराजित गरेका हुन् ।
प्रतियोगिता मंगलबारबाट शुरु भएको हो । प्रतियोगितामा ८३ खेलाडीको सहभागिता रहेको थियो ।

Comment