प्रतिष्ठालाई उपाधि

Manoj Shiama
13 October, 2018 7:08 am

फस्ट नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीप अन्तर्गत शुक्रबार भएको यु – ९ गर्लको उपाधि प्रतिष्ठा लामाले जितेकी छिन् । बुढानीलकण्ठस्थित नौलिन स्पोट्र्स भिल्लाको कोर्टमा भएको फाइनल खेलमा लामाले समृद्धि महर्जनलाई ५–५, ४–२ को सेटमा जितिन् ।
त्यसैगरी शुक्रबार विभिन्न उमेर समूहका खेलहरु भएका छन् । जसमा यु १० ब्वाइजतर्फ निशद जोशी, यु १४ ब्वाइज प्रतिम परियार, प्रसिद्ध बस्नेत, नेहलजंग थापा, इभयाक शाक्य, प्रसिद्ध मुक्तान, चिराज तिमल्सिना, यु १२ गर्ल शुभांगी शाक्य,अजा रेग्मीले जित हासिल गरेका छन् ।
यु १२ ब्वाइज स्लोक खड्का, सफल श्रेष्ठ यु १४ गर्ल सलोनी तामाङ, प्रकृति श्रेष्ठ, शर्भिनी श्रेष्ठ, यु ९ ब्बाइज निदश जोशी, बोरिस अधिकारी जीत हासिल गरेका छन् । त्यसैगरी यु १० गर्लतर्फ सुनिरा थापा बिजयी भएका छन् । नौलिन स्पोट्र्स भिल्लाले आयोजना गरेको प्रतियोगिताका फाइनल खेलहरु शनिबार हुने छ । नेपाल टेनिस संघका सहयोग र जुनियर टेनिस इनिसिएटिभ(जेटिआइ)को संयोजनामा प्रतियोगिता भएको हो ।