नौलीन टेनिस मंगलबार देखि

Manoj Shiama
7 October, 2018 8:26 pm

जुनियर टेनिस इन्सेटिभको संयोजन , नेपाल टेनिस संघको सहकार्य तथा नौलिन स्पोर्ट्स भिल्लाको आयोजनामा फस्ट नौलीन जेआइटी जुनियर टेनिस च्याम्पियनसीप २०१८ हुने भएको छ । बुढानीलकण्ठ स्थित भिल्लाकै कोर्टमा मंगलबार देखि हुने प्रतियोगितामा १२ स्पर्धा समाबेश गरिएको छ । प्रतियोगिता २७ असोजमा सम्पन्न हुने छ । संघको बार्षिक क्यालेन्डरमा समेत यो प्रतियोगिता समाबेश गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।