बिमला र मिनु बक्सिङको फाइनलमा

विश्व महिला बक्सिङ प्रतियोगिताका लागि जारी छनोट प्रतियोगिता अन्तर्गत महिला ५१ केजी तौल समूहको फाइनलमा मिनु गुरुङ र विमला श्रेष्ठ फाइनलमा पुगेका छन् ।
भारतको नयाँ दिल्लीमा आगामी कात्तिक २९ गतेदेखि हुने प्रतियोगिताका लागि खेलाडी छनोट गर्नका लागि नेपाल बक्सिङ संघले प्रतियोगिता संचालन गरेको हो । प्रतियोगिताको सेमिफाइनलमा एपीएफकी मिनुले मकवानपुरकी सन्जुमाया थिङलाई अंकका आधारमा हराइन् । एकपक्षिय खेलमा मिनु ५–० ले विजयी भएकी थिइन् । अर्को सेमिफाइनलमा त्रिभूवन आर्मीृ क्लबकी विमला श्रेष्ठले एपीएफकी नन्जा बुढामगरलाई अंककै आधारमा हराइन् । उनले ५–० को जित हात पारेकी थिइन् ।
विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालबाट दुईवटा तौल समूहमा खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । ५१ र ६० केजी मुनिमा एक एक जना खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । ६० केजीमा सहभागिता जनाउनका लागि आर्मीकी पुनम रावल र एपीएफकी संगीता सुनारवीच प्रतिष्पर्धा हुनेछ ।

Comment