प्रथम नौलो तारा कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता सुरु

???????????????????????????????

नौलो तारा क्लब लेखनाथ–१४ रूपातालले शहीद दिवसको अवसर पारेर बिहीबारदेखि खोलाको छेउ खेलमैदानमा प्रथम नौलो तारा कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता सञ्चालन गरेको छ।बिहीबार पाँच खेल सम्पन्न भएका छन्।
उद्घाटन खेलमा आयोजक नौलो तारा क्लब बी विजयी भएको छ। उसले डाक्टर–७ लाई सडन डेथमा ५–४ ले हरायो। निर्धारित १५–१५ मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
दोस्रो खेलमा शक्ति युवा क्लब गल्लो गगनगौंडाले सनराइज युवा क्लब ए लाई ३–२ ले पराजित ग¥यो। शक्ति युवा क्लबको जीतमा अजय श्रेष्ठ, समीर प्रधान र दिनेश मल्लले एक–एक गोल गरेका थिए भने सनराइज ए को लागि दुई गोल विपुन गुरुङ र मीन गुरुङले गरेका थिए।
तेस्रो खेलमा एजेडयु ए ले सनराइज युवा कलब बी लाई टाइब्रेकरमा ३–२ ले हरायो। एजेडयु ए का पुरण गुरुङ र सनराइज बी का हेमचन्द्र प्रधानले एक–एक गोल गरेपछि निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएको थियो।
चौथो खेलमा रूपाताल तुम समाजले एलजी क्यासिनो एशोसिएसनलाई सडन डेथमा ८–७ ले पराजित ग¥यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा दुवै तर्फबाट १०–१० खेलाडीले सहभागिता जनाएका थिए।
पाँचौं खेलमा आदर्श युवा क्लब भण्डारढिकले योङस्टार क्लब विजयपुरलाई टाइब्रेकरमा २–१ ले पाखा लगायो। निर्धारित समय तीन–तीन गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। निर्धारित समयमा आदर्शको लागि अर्जुन गुरुङ, बेलप्रसाद गुरुङ र सरोज गुरुङ तथा योङस्टारको लागि वीरबहादुर थापाले दुई र संगम रानाभाटले एक गोल गरेका थिए।

यसअघि रेफ्री लालबहादुर खत्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्दै सभासद् एवं नेपाली काङ्ग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले राजनीतिमा खेलको जस्तो नियम लागू हुन नसकेकोले देशले समयमै संविधान नपाएको बताए।
‘खेलमा नियम लागू हुन्छ, खेलाडीले गल्ती ग¥यो भने तुरुन्तै एलो कार्ड, रेड कार्ड खान्छ तर राजनीतिमा लागेकाले गल्ती गरे चार वर्षमा मात्र कार्ड खान्छन्’–उनले भने–‘फरक यत्ति हो, खेलमा स्पोर्टस्म्यानसीप हुन्छ, राजनीतिमा हुन सकेन।’
अर्का सभासद् जीवन परियारले प्रक्रियामा गइसकेकोले छिट्टै देशले संविधान पाउने दाबी गरे।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपानेले खेलकुदमा जस्तै राजनीतिमा पनि स्पोर्टस्म्यानसीप हुनुपर्ने बताए।

बहुउद्देश्यीय सामुदायिक भवन निर्माण सहयोगार्थ आयोजित सो प्रतियोगितामा प्रतियोगितामा विजेता टीमलाई नगद ४५ हजार पाँच सय ४५ तथा उपविजेता टीमलाई नगद २५ हजार पाँच सय २५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै बेस्ट प्लयेर, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर र हाइस्कोरर र लाई ट्रफी र आकर्षक पुरस्कार प्रदान गरिने छ।
करिब तीन लाख ७६ हजार खर्च तथा करिब डेढ लाख बचत गरिने प्रतियोगिता सम्पन्न गर्न क्लबका उपाध्यक्ष हरिबहादुर लामिछानेको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमिति गठन गरिएको छ।
क्लबका अध्यक्ष धर्मबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिबहादुर लामछिानेले स्वागत मन्तव्य र सचिव रामचन्द्र ओझाले कार्यक्रम सञ्चालन गरेका थिए।
माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ टीमको सहभागिता रहेको छ। शुक्रबार आठ खेल हुने प्रचार–प्रसार उपसमितिका संयोजक एवं क्लबका सचिव किरण थापाले जानकारी दिए।

Comment