एपीएफ र आर्मी क्लबको बराबरी

nabin lama
नबीन लामाको गोलमा एपीएफले रेडबुल राष्ट्रिय लिग फुटबलको बिहिबार भएको खेलमा नेपाल आर्मी क्लबसंग १–१ गोलको बराबरी गरेको छ । साघुरो कोणबाट आकर्षक गोल गर्दै एपीएफलाई अंक दिलाएका नबीन म्यान अफ द म्याच समेत घोषित भए । बराबरी पछि आर्मीको चार अंक भएको छ । शुक्रबार हुने रुपन्देही र मनांग र्मस्याङदी विचको विजेताले आर्मीलाई उछिन्ने छ ।
पूवाद्र्धमा प्रभावकारी रहेको आर्मीका लागि नवयुग श्रेष्ठको क्रसमा हेड गोल गर्दै दिप लामाले ३६ औ मिनेटमा गोल गरेका थिए । उतराद्र्धमा मैदानमा छाएको एपीएफका अन्जनले ६७ औ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेको थियो । त्यसको पाच मिनेट पछि नबीनले बराबरी गोल गरेका हुन् ।
नियमित समय सकिन पाच मिनेट बाकी रहदा आर्मी विजयी गोलको नजीक पुगे पनि मन बहादुर तामांगले भरत खवासलाई रोक्दै एपीएफको संकट टारे । एपीएफ प्रशिक्षक कृष्ण थापाले आर्मी राम्रो टोली भए पनि आफ्ना खेलाडीले निर्देशन अनुसार खेलेकाले अंक बटुलेको बताए । आर्मीका  प्रशिक्षक मेघराज केसीले खेल बराबरी भएको बताए । उनले सामान्य चोटका कारण भरत खवासलाई उतराद्र्धमा मात्र मैदानमा उतारेका थिए ।

Comment