ग्रेट हिमालयको तीन विकेटको जित

ग्रेट हिमालय क्रिकेट एकेडेमी केसिटिसी बीलाई तीन विकेटले पराजित गर्दै कागेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपमा दुई अंक जोड्न सफल भएको छ ।टस जितेर पहिलो ब्याटिङ्ग गरेको केसिटिसीले ८ विकेटको क्षतीमा ७६ रनमा सिमिति हुन पुग्यो । केसिटिसीका लागि गौरव कटुवालले १६ बलमा १९ रन जोडे । यस्तै अभियान बस्नेतले २४ बलमा १३ रन र अभिषेक उपाध्यायले १९ बलमा १२ रन जोडे अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बलिङ्ग तर्फ ग्रेट हिमायलका बिज्ञान गौतमले ४ ओभरमा १४ रन दिंदै ३ विकेट लिए । यस्तै अभिषेक थापाले ४ ओभर बलिङ्ग गर्दै ५ रन दिएर २ विकेट, राम सुरतले २ ओभरमा ९ रन २ विकेट, पियुष केसीले ४ ओभरमा ९ रन एक विकेट लिए । यसैगरि विवेक यादव ४ ओभर १७ रन र विनित कार्कीले २ ओभरमा १५ रन दिए ।
७७ रनको लक्ष लिएर मैदान प्रवेश गरेको ग्रेट हिमालयले १९.३ ओभर खेल्दै ७ विकेटको क्षतीमा लक्ष पुरा ग¥यो । ग्रेट हिमालयका लागि म्यान अफ दि म्याच अभिषेक थापाले अविजित ४५ बल खेल्दै १७ रन जोडे । यस्तै विवेक यादवले १८ बलमा २१ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङ्ग तर्फ केसिटिसी बीका गौरव कटुवालले ४ ओभर बलिङ्ग गर्दै ९ रन दिएर २ विकेट लिए । यस्तै कुशल रुपाखेतीले ४ ओभरमा २२ रन एक विकेट, सुभाष खत्रीले ४ ओभर १३ रन एक विकेट, दीपक बोहरा ४ ओभर ७ रन एक विकेट तथा मनोज यादवले ३.३ ओभर २३ रन दिए ।
आजै भएको दोश्रो खेलमा सान रातो नेक्सस एकेडेमी संग ७ विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको सान रातोले १६.५ ओभर खेलदै १० विकेटको क्षतीमा ७२ रन मात्र बनायो । उसको लागि निश्चल अमात्यले २६ बलमा २३ रन र सक्रृय प्रताप कार्कीले १५ बलमा १२ रन जोडे । अन्य खेलाडीले दोहोर अंक जोडन सकेनन् ।
बलिङ्ग तर्फ नेक्ससका म्यान अफ दि म्याच सुभाष बि.क.ले ३ ओभरमा १७ रन दिंदै ४ विकेट लिए । यस्तै सुमन सुन्दासले ३.४ ओभरमा ८ रन दिंदै ३ विकेट, आविष्कार जोशीले ३ ओभरमा १० रनमा १ विकेट, प्रतिश जिसीले ४ ओभरमा १३ रनका साथ १ विकेट र त्रितराज दासले ३ ओभरमा २२ रन दिए ।
प्रतिउत्तरमा उत्रेको नेक्ससले ११ ओभरमा तीन विकेट गुमाउंदै ७४ रनका साथ लक्ष पुरा ग¥यो । नेक्ससका लागि चिराग शाहले २१ ब्लमा २१ रन, बिपिन शाहले ३२ बलमा १९ रन र प्रतिश जिसीले ६ बलमा १८ रन जोडे ।
बलिङ्ग तर्फ प्रशान अधिकारीले ४ ओभरमा १७ रनका साथ एक विकेट लिए । सक्रिय प्रताप अधिकारीले ३ ओभमा ११ रन, सिद्धान्त श्रेष्ठले १ ओभरमा ६ रन, सुमित घिमिरेले २ ओभरमा ३० रन र दिवाकर कुंवरले १ ओभरमा ८ रन दिए ।
म्यान अफ दि म्याच नेक्ससका सुवाष बि.कलाई नेपाल कुस्ती संघका अध्यक्ष एवं राखेप कर्मचारी संघका पूर्व अध्यक्ष नारायणदेव राणाले ट्रफी प्रदान गरे ।
Comment