आयोजक अन्नपूर्ण चेस च्याम्पियन

आयोजक अन्नपूर्ण स्कुलले १४ औ अन्नपूर्ण कप मैत्रीपूर्ण बुद्धीचाल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगितामा अन्नपूर्णले विभिन्न स्पर्धामा कुल १४ पदक जितेको थियो । अन्तिम दिन भएको खुला स्पर्धामा दिपज्योती स्कुलका प्रसन्न विक्रम कुबँर पहिलो, महांकालका विजय टमाटा दोश्रो तथा अन्नपूर्णका प्रबेश लामा तेश्रो भए । यी तीनै खेलाडी छात्र यु–१४ स्पर्धामा पनि शिर्ष ३ स्थानमा अटाए । छात्रा यु–१४ स्पर्धामा ग्रीनल्यान्डका निर्जला पौडेल, कुसुम तामाङ र सम्बृद्धी पाण्डे शिर्ष तीन स्थानमा रहे । छात्रा यु–१६ स्पर्धामा बिन्ध्यबासीनीकी अम्बृसा श्रेष्ठ पहिलो, सुप्रीमकी अस्मिता पुलामी मगर र बिन्ध्यबासीनीका रश्मी डंगोल शिर्ष तीन स्थानमा रहे ।
छात्र यु–१६ स्पर्धामा अन्नपूर्णका दिपेन्द्र गमाल, बिन्ध्यबासीनीका अनीस डंगोल र ल्याब स्कुलका विज्ञान घिमिरे शिर्ष तीन स्थानमा रहे । छात्रा यु–१२ स्पर्धामा अन्नपूर्णकी रोसरी डंगोल,जुगल स्कुलकी प्रत्युम्सा श्रेष्ठ र त्रीयोगकी मार्सल तामाङ शिर्ष तीन स्थानमा रहे । छात्र यु–१२ स्पर्धामा त्रीयोगका सम्पूर्ण न्यौपाने, लोक आदर्शका बुद्ध करण पण्डित र जुगलका आदर्श यादव शिर्ष तीन स्थानमा रहे ।
प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी विद्यालय ब्यबस्थापन कमिटीका अध्यक्ष तथा नेपाल उद्धोग बाणीज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेस श्रेष्ठ र विद्यालयका प्राचार्य चन्द्र प्रकास राजभण्डारी लगायतले पुरस्कार वितरण गरे ।

Comment