पायनीयरका अंकीत र स्नेहालाई अन्नपूर्ण कप उपाधि

पायनीयर स्कुलका अंकीत भुजेल र स्नेहा बुढाथोकीले १४ औ अन्नपूर्ण कप स्कुल चेस प्रतियोगिताको यु–१० स्पर्धाको उपाधि जितेका छन् । शनीबार सम्पन्न ६ चरण्को प्रतियोगितामा यी दुवैले ५.५ अंक जोडे । छात्र स्पर्धामा अंकीत बराबर ५.५ अंक जोडेका दिपज्योती स्कुलका जसिम मिया दोश्रो तथा ५ अंक जोडेका बिन्ध्यबासीनीका जिवन बराइली तेश्रो भए । ५ अक नै भएका निसर्ग बाटीकाका अनुष्ण गौतम चौथो भए । यसैगरी, बिन्ध्यबासीनीका निजोन डंगोल, तिलिङटार माबीका रुपक बजगाइ,पायनीयरका निराजन कटवाल,लोक आदर्शका सुहान प्रधान, दिपज्योतीका बिरबल घर्ती मगर र अन्नपूर्णका शिशिर खड्का शिर्ष १० मा रहे ।
छात्रा स्पर्धामा ५ अंक भएकी बिन्ध्यबासीनीकी निरिसा मगर दोश्रो तथा तिलिङटारकी सलिना तामाङ तेश्रो भए । ख्वप्रीङकी प्रीज्मा प्रजापती, पुष्पसदनकी सिवानी रिजाल, ख्वप्रीङकी अन्सुदील प्रजापती, बिन्ध्यबासीनीकी रोसनी तामाङ, अन्नपूर्णकी रिया श्रेष्ठ,पुष्पसदनकी सबनम रिजाल र लोक आदर्शका सुरक्षा अर्याल शिर्ष १०मा रहे ।
प्रतियोगिता अन्तरगत खुला तर्फ अन्नपूर्णा दिपेन्द्र गमाल, प्रसन्न विक्रम कुर्वर र प्रबेश लामाले ५ अंक सहित अग्रता कायम गरेका छन् । यी तीनै खेलाडीको ५ चरणको समाप्तीमा ५ अंक छ । यसैगरी, छात्र यु–१२ मा त्रीज्योतीका सम्पूर्णराज न्यौपाने र लोक आदर्शका बुद्ध करण पण्डितको समान ५ अंक छ । छात्रा तर्फ जुगल स्कुलका प्रत्युसमान श्रेष्ठ र अन्नपूर्णका रोसरी डंगोलको समान ५अक सहित शिर्ष स्थानमा छन् ।

Comment