आर्यन र चिराग फाइनलमा

आयुशमान हजुर घले र सुनिरा थापाले प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–१० सिंगल्स उपाधि बुधबार जितेका छन् । ब्वाइज फाइनलमा आयुशले सक्षमविक्रम शाहलाई ७–५ र ६–३ को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा सुनिराले प्रशंसा मोक्तानलाई ६–२, ३–६ र १०–६ को सेटमा हराइन् ।
यु–१२ गल्र्स सिंगल्समा शुभाङ्गीलक्ष्मी शाह र अजा रेग्मी उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा शुभाङ्गीले इभा अधिकारी तथा अजाले आईशा डोल्कर गुरुङलाई समान ६–३ र ६–४ को नतिजामा पाखा लगाए ।
यु–१४ ब्वाइज सिंगल्समा आर्यन गिरी र चिराग तिमल्सिनाले फाइनल भेट पक्का गरे । सेमिफाइनलमा आर्यनले कुवेहाङ राईको चुनौती ६–१ र ६–३ ले समाप्त पारे भने चिरागले प्रितम परियारलाई ६–२ र ६–४ ले निराश पारे ।

Comment