नुवेन र शिभाली यु–८ सिंगल्स च्याम्पियन

नुवेन लिम्बू र शिभाली गुरुङले प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–८ सिंगल्स उपाधि सोमबार जितेका छन् ।ब्वाइज फाइनलमा नुवेनले अशब हाडालाई १०–७ र १०–४ को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिभालीले साम्राज्ञी लामालाई १०–७ र ११–९ को सीधा सेटमा हराइन् ।
आईएमई फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्समा निशाद जोशी पहिलो भए । उनले फाइनलमा बोरिस अधिकारीको चुनौती १–४, ४–१ र १०–८ ले समाप्त पारे ।
यु–९ गल्र्स सिंगल्समा सैबी ढकालले नाला मास्केलाई ४–२, ०–४ र १०–६ तथा समृद्धि महर्जनले प्रतिष्ठा लामालाई ४–२ र ४–२ को सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।
यु–१४ गल्र्स सिंगल्समा सलोनी तामाङले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१, सर्भानी श्रेष्ठले टासी गुरुङलाई ६–० र ६–०, इशाश्री शाहले जेनी महर्जनलाई ६–० र ६–० तथा रायना शाहले सिरिष्ता राईलाई ६–२ र ६–१ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
यु–१० ब्वाइज सिंगल्समा सक्षमविक्रम शाह, ऋध्भिक कार्की, आयुशमान हजुर घले र राजिव प्रधान सेमिफाइनलमा पुगे । यु–१२ गल्र्स सिंगल्समा उत्सा लामा, रोशनी लिम्बू, मार्सा महर्जन, शिभाङ्गीलक्ष्मी शाह, सदाश्री ढुंगाना, इभा अधिकारी, अजा रेग्मी र आईशा डोल्कर लामाले क्वाटरफाइनलमा स्थान बनाए ।

Comment