रिसवको एकल अग्रता


दोश्रो थेचम्बु पाथीभरा याङवरक अन्तराष्ट्रिय ओपन चेस प्रतियोगितामा भारतका रिसव निसादले एकल अग्रता कायम गरेका छन् । उनले बिहिबार पाचौ चरणको कृष्ण थापालाई हराउदै अग्रता कायम गरेका हुन् । उनको पाच चरणको समाप्तीमा पाच अंक छ । प्रतियोगितामा नेपालका विलमलाल श्रेष्ठ र भारतका रोहीत गुरुङको ४.५ अंक छ । पाचौ चरणमा विलमले राहुल गुरुङ तथा रोहीतले भुपेन्द्र निरौलालायृ पराजित गरे । कृष्ण सहित बद्री लाल नेपाली थेन्डुप तामाङ,नबीन तण्डुकार,सौरभ चोबे, सुमन श्रेष्ठ र ज्वाला लीम्बुको ४ अंक छ । पाचौ चरणमा बद्रीले महेन्द्र कुमार साम्बाहाम्फे,नविनले बाबुराम पन्थी, थेन्डुपले सुरज राय,सौरभले रामचन्द्र दाहाल,ुसुमनले सन्तोष पालुङवा र ज्वालाले दिपेन्द्र ठाकुरलाई पराजित गरे ।
याङवरक गाउपालीकाश्थित थेचम्बुमा थेचम्बु पाथीभरा याङवरक चेस संघको आयोजनामा जारी प्रतियोगितामा स्वीस लिगका आधारमा नौ चरणको खेल हुने छ । मंगलबार सुरु भएको प्रतियोगिता अन्तरगत शुक्रबार छैठौ र सातौ चरणका खेल हुने छ । शनीबार प्रतियोगिता सम्पन्न हुने छ । प्रतियोगितामा ९० खेलाडीको सहभागिता रहेको छ ।

Comment