आइएमईं जेटिआई जुनियर लन टेनिस हुने

जेठ पहिलो साताबाट आइएमईं जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने भएको छ ।
आइएमईं फाउन्डेसनको आयोजना तथा नेपाल लन टेनिस एसोसिएसनको सहयोग  र जुनियर टेनिस इनिसिएसन (जेटिआईं) को संयोजनमा जुनियर टेनिस प्रतियोगिता आगमी जेठ ६ गतेबाट १२ गते सम्म हुने भएको हो । प्रतियोगिता काठमाडौंस्थित नाउलिङ स्पोर्टस् भिल्ला सुन्दरवस्ती भंगाल र मण्डिखाटार टेनिस क्लबमा हुनेछ ।
प्रतियोगिताको मुख्य प्रयोजन बनेको आइएमईं फाउन्डेसनले प्रतियोगिताको लागि ३ लाख ५४ हजार उपलब्ध गराउनेछ ।
प्रतियोगितामा ८ वर्षमुनि, ९ वर्षमुनि, १० वर्ष मुनि, १२ वर्षमुनि र १४ वर्षमुनि गरी ५ उमेर समूहमा प्रतिस्पर्धा हुने जेटिआई संयोजक कृष्णराज घलेले जानकारी दिए । प्रतियोगितामा १ सय ५० भन्दा बढीको सहभागिताको अनुमान आयोजकले गरेको छ ।
प्रतियोगिताको १४ वर्ष मुनिको विजेताले थाइल्याण्डको हवाई टिकट प्राप्त गर्नेछन् । दोस्रो हुनेले ५० प्रतिशत छुटम हवाई टिकट प्राप्त गर्नेछ । तेस्रो हुनेले चन्द्रागिरी केवलकारको टिकट पाउनेछ । यस्तै १२ वर्षको उमेर समूहको विजेताले दिल्लीको टिकट पाउनेछ ।  १० वर्ष उमेर समुहको विजेताले निशुल्क प्रशिक्षण पाउने आयोजकले जनाएको छ ।
यसैबीच आइएमईं लिमिटेडले बक्सर मनोहर बस्नेत (म्याक्स) लाई १ वर्षको लागि प्रायोजन गरेको छ । सन् २००० देखि विभिन्न बक्सिङ प्रतियोगितामा सहभागी भई १३ पटकसम्म बक्सिङ च्याम्पियन बन्न सफल भएका खेलाडी बस्नेतलाई १ वर्षको लागि ८० हजार मा प्रायोजन गरेको हो । यो प्रायोजनसँगै म्याक्सले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदा आइएमईंको लोगो अंकित प्रचरात्मक टिसर्ट लगाउनेछ ।
Comment