भारतीय आईएम हर्ष भाराथाकोटीलाई उपाधि


काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि २४२४ रेटेड भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले जितेका छन् । उनले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्राण्ड मास्टर अजर मिर्जोभसँग बराबरी खेलेसँगै ७.५ अंकका साथ उपाधि उचालेका हुन् ।
हर्षाले छ खेलमा जीत निकालेका थिए भने तीन खेलमा बराबरी खेलेका थिए । हर्षले नगद दुई लाख पुरस्कार पाए ।
सेतो गोटी लिएर हर्षाले क्वीन्स ईन्डिएन प्रणालीमा खेल सुरु गरेका थिए । बराबरी मात्र गरेर उपाधि हात पार्ने अभियानमा रहेका हर्षाले आक्रमक देखेका अजरको हरेक चाल बिफल बनाउँदै खेलको४३ औं चालमा अजरलाई बराबरीमा रोके ।
अपराजित रहेका अजर मिर्जोभ पाँच खेलमा सफलता र चार खेलमा बराबरी खेलेर ७ अंक सहित उप बिजेता भए । उनले १ लाख २० हजार पुरस्कार पाए ।
समान ७ अंक भए पनि मिर्जोभसँग टाइब्रेकको आधारमा पछि पर्दै युक्रेनका २५४९ रेटेड ग्राण्डमास्टर तार्लेभ कन्स्टेन्टिन तेस्रो भए । उनले ८० हजार रुपैयाँ पुरस्कार पाए । उनले पनि अन्तिम खेलमा भारतका २४१३ रेटेड इन्टरनेशनल मास्टर हिमाल गोसाईंसँग बराबरी खेलेका थिए ।
भारतका २२८५ रेटेड इन्टरनेशनल मास्टर पी श्यामनिखिल चौथो र इजरायलका २४९० रेटेड ग्राण्डमास्टर ग्रिनफिल्ड अलोन पाँचौं स्थानमा रहे । उनीहरुले क्रमसः ५० र ३० हजार रुपैयाँ पुरस्कार पाए ।

भारतका इन्टरनेशनल मास्टर हिमाल गोसाईं छैटौं, रुसका ग्राण्डमास्टर भोल्कोभ सर्गेइ सातौं ,स्पेनका इन्टरनेशनल मास्टर भेगा मार्कोस आठौं, रुसका ग्राण्डमास्टर अलेक्जेन्डर फोमिनी नवौं र भारतका ग्राण्डमास्टर सन्दिपन चन्दा दशौं स्थानमा रहे ।
त्यस्तै एघारौंदेखि १५ औं स्थानसम्म क्रमशः भारतका ग्राण्डमास्टर दीपसेन गुप्ता, इन्टरनेशनल मास्टर प्रिन्स बजाज, निलेस शाह, ग्राण्डमास्टर श्रीराम झा, अंकित गज्वा रहे ।

Comment