केशबलाई सहकारी कप चेसको उपाधि

गोल्डेनगेट कलेजका केशब श्रेष्ठले   गणेशमान सिंह स्मृती सहकारी कप बुद्धीचाल प्रतियोगिताको उपाधि जितेका छन् । उपाधि जित्ने क्रममा केशबले स्वागतम साकोसका क्षितिज भण्डारीलाई १.५–०.५ ले पराजित गरे । सतोगोटीबाट खेल्दै पहिलो खेलमा जित हात पारेका केशबले दोश्रोमा हात्ती बलिदान गर्दै निश्चित बराबरी तर्फ खेललाई मोड्दै उपाधि आफ्नो पक्षा पारे ।
उपाधिधारी केशबले पुरस्कार स्वरुप यमाहा मोटरसाइकल जितेका छन् । उपविजयी क्षितिजले ५० हजार, पुरस्कार पाए  । सोमबार नै भएको खेलमा ब्लीट्ज टाइब्रेकरमा रुपेस जयसवाललाई हराउदै श्रेयंकर साकोसका ुसमित पन्त तेश्रो भए । सुमितले ३० हजार तथा चौथो भएका रुपेसले २५ हजार रुपैया पाए । विजयी टोली तथा खेलाडी नेपाल बुद्धीचाल संघका पूर्व अध्यक्ष तथा एसीयन जोनल थ्रीप्वाइन्ट टुका अध्यक्ष राजेश हरी जोशीले पुरस्कार वितरण गरे ।
“दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी ” मुल नारा सहित ६१ औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित  प्रतियोगिताको   लिग तर्फ शिर्ष बरियताका खेलाडी ललितपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघका विवेक थीङ ७ अंक सहित पहिलो भए । अभिभावदन साकोसका सुरबीर लामा दोश्रो तथा मदनकृष्ण कायस्थ तेश्रो भए ।
यसैगरी, बद्रीलाल चौथो, विलमला श्रेष्ठ पाचौ, नबीन तण्डुकार छैटौ, विजय मगर सातौ, सबिन चन्द्र्र घिमिरे आठौ, सुमन लामा नवौ र गणेश मान दुवाल दसौ भए । मिलन लामा,रबिन्द्र शाक्य,राजन पुरी,सुमन राइ,कमल श्रेष्ठ,यज्ञ रोकाय,ुसदिप तामाङ,सुसील चौधरी,हर्षित श्रेष्ठ र सिताराम अग्रवाल शिर्ष २० स्थानमा रहे ।
महिलातर्फ शान्ती धिमाल पहिलो,स्नेहा यादव दोश्रो,मार्सल तामाङ तेश्रो, सित्तल कुमारी चौथो र तेजेश्वनी तामाङ पाचौ भए । यसैगरी २००० भन्दा कम रेटिङ भएका खेलाडीमा हरिशचन्द्र चौलागाइ र  १८०० भन्दा कम रेटिङ भएका खेलाडीमा केशब मानन्धरले पुरस्कार पाए । अनरेटेडतर्फ मुक्तीनाथ सञ्जेल पहिलो तथा प्रमित अमात्य दोश्रो भए । यु–१९ तर्फ विराज पुडाशैनी तथा भेट्रनमा राजेन्द्र श्रेष्ठ पहिलो भए ।
 समापनकै अबसरमा रुषमा चेस विषयमा अध्ययन गरिरहेका नेपाली खेलाडी विवेक थीङ र रुपेस जयसवाललाई सम्मान गरिएको थियो ।
Comment