क्षितिज, सुमित, रुपेस र केशब नकआउट चरणमा

स्वागतम साकोसका क्षितिज भण्डारी र श्रेयंकर साकोसमा सुमित पन्त सहित गोल्डेनगेट चेस क्लबका केशब श्रेष्ठ र रुपेस जयसवाल गणेशमान सिंह स्मृती सहकारी कप बुद्धीचाल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् । सेमिफाइनल प्रबेशको क्रममा क्षितिजले छैटौ चरणमा अमृत बृक्ष साकोसका विलमलाल श्रेष्ठलाई हराए भने सातौ चरणमा सुमितसंग बराबरी गरे । सुमितले छैटौ चरणको खेलमा श्रमजिवी साकोसका गणेशमान दुवाललाई हराए । यसैगरी, एक दिन अघिसम्म एकल अग्रता कायम गरेका रुपेसले छैटौ चरणमा बहुउद्धेश्यीय सहकारी संघ ललीतपुरका विवेक थिङसंग बराबरी गरे भने सातौ चरणमा केशबसंग बराबरी गरे । केशबले पनि छैटौ चरणमा गोल्डेनगेटका मिलन लामालाई हराए । यी चारै खेलाडीको ५.५ अंक छ ।
ताम्रकार समाजको भवन जावलाखेलमा जारी प्रतियोगितामा ५.५ अंक भएका अभिवादन बहुउद्धेश्यीयका सुरबीर कट प्रोग्रेसिभको आधारमा पाचौ स्थानमा सिमित रहे । यसैगरी, शिर्ष बरियताका विवेक प्रोग्रेसिभ अंकका आधारमा छैटौ स्थानमा रहे । सेमिफाइनल प्रबेश गर्ने खेलाडीको खेल आइतबार हुने छ भने सोही दिन अन्य खेलाडीको लिग चरणको खेल हुने छ । प्रतियोगितामा विलमलाल सहित,गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ, नोभा सहकारीका राजन पुरी, शुभलाभ बहुउद्धेश्यीय सहकारीका नबीन तण्डुकार, गणेशमान दुवाल,र विजय मगरको ५ अंक छ ।

Comment