गणेशमान सिंह स्मृती बुद्धीचालमा रुपेसको अग्रता

फाइल तस्बिर

गोल्डेनगेटका रुपेस जयसवालले गणेशमान सिंह स्मृती सहकारी कप बुद्धीचाल प्रतियोगितामा अग्रता कायम गरेका छन् । जयसवालले पाच चरणको समाप्तीमा ४.५ अंक जोडेका छन् । चौथो चरणमा श्रेयंकर साकोसका सुमित पन्तसंग बराबरी गरेका रुपेसले पाचौ चरणमा मंकाधुकु साकोसका रिजेन्द्र राजभण्डारीलाई हराए । “दिगो विकास लक्ष्य प्राप्तीमा लागि सहकारी भन्ने मुल नाराका साथ जारी प्रतियोगितामा गोल्डेनगेटका केशब श्रेष्ठ र मिलन लामाको साथमा अभिभादन साकोसका सुरबीर लामा,सुमित पन्त अमृतकल्प बृक्ष साकोसका विलमलाल श्रेष्ठ, श्रमजिवी साकोसका गणेशमान दुवाल, जिल्ला बुहउद्धेश्यीय सहकारी संघका विवेक लामा र स्वागतम साकोसका क्षितिज भण्डारीको ४ अंक छ ।
सुरबीरले केशब र विलमसंग बराबरी गरे । केशब र सुमितको खेलमा बराबरी भयो भने विवेकसंग बराबरी गरेका गणेशमानले सिताराम अग्रवालसंगको खेलमा जित हात पारे । सुमितले रुपेस र केशबसंग बराबरी गरे । क्षितिजले चौथो चरणमा नबीन तण्डुकारलाई हराए भने पाचौ चरणमा मिलन लामासंग बराबरी गरे । मिलनले चौथो चरणमा राजन पुरीलाई हराए । विवेकले पाचौ चरणमा सुमन राइलाई हराए । यसैगरी, रिजेन्द्र सहित कामना साकोसका बद्री लाल नेपाली,राजन पुरी,लमजुंङका सबिन चन्द्र घिमिरे,रबिन्द्र शाक्य र प्याराडाइज साकोसका सुसील चौधरी र थापाथली चेस पार्कका कमल श्रेष्ठको ३.५ अंक छ ।

Comment