महिला ह्याण्डबलमा नेपाल दोश्रो


नेपाली महिला ह्याण्डबल टोलीले विदेशी भूमिमा हाल सम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको छ । मित्र राष्ट्र भारतमा संचालित ५ औं महिला दक्षिण एशियाली ह्याण्डबल प्रतियोगितामा नेपालले उत्कृष्ट नतिजा स्वस्प दोश्रो स्थान हात पारेको हो । यो जित अन्तराष्ट्रिय प्रतियोगितामा पहिलो समेत हो ।
भारतको लखनउमा २०१८ मार्च ३१ बाट अर्पिल ४ सम्म भएको प्रतियोगितामा नेपालले बंगालादेश, भुटान र अफगानिस्तानलाई पराजित ग¥यो भने फाइनलमा भारत संग हार बेहोरेको थियो । राउण्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगालादेशलाई २६–१७, अफगानिस्तानलाई २३–४ र भुटानलाई २८–४ गोल अन्तरले पराजित गरेको थियो । तर फाइनलमा भने नेपाल भारत संग २४–५ गोल अन्तरले पराजित हुँदै दोश्रो स्थानमा चित्त बुझाएको थियो ।
नेपालका तर्फ बाट उमा राई (टिम कप्तान), बन्दना राई, जिना राई, निशा राई, कबिता राई, शान्ति कला राई, देब कुमारी बास्कोटा, संगिता चौधरी, दुर्गा बोहोरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत रहेका थिए । प्रशिक्षकमा अरुण लाल कर्ण र रमेश सापकोटा थिए ।

Comment