मदन भण्डारी स्पोर्टस् एकेडेमीको सानदार जित

Manoj Shiama
24 March, 2018 7:02 am

तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले सानदार जित हात पादै क्वाटर फाईनलमा स्थान बनाएको छ । बुटवलको रामनगर स्थित मैदानमा भएको खेलमा आयोजक मदन भण्डारी स्पोेर्टस्ले सिजी सुदुर पश्चिमाञ्चल स्पोर्टस्लाई ५–१ गोल अन्तरले हराउदै क्वाटर फाईनलमा आर्मीसग भेट पक्का गरेको हो । आयोजक मदन भण्डारी स्पोर्टस्का प्रकाश बुढाथोकीले १९औं मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए । मध्यान्तर हुनु अघी थप गरिएको अतिरिक्त समयको सदुपयोग गदै सिजीका प्रणय अन्जनले ४६ औ मिनेटमा गोल फर्काए पछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । मध्यान्तर पछि आक्रमक देखिएको आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका प्रकाश बुढाथोकीले ६४ औं मिनेटमा आकर्षक गोल गदै पूनः टिमलाई २–१ को अग्रता दिलाए । उनले कर्नल साईटबाट प्रहार गरेको बल पोलमा ठोकिएर गोलमा परिणत भएको थियो । मदन भण्डारी स्पोर्टस् एकेडेमीका लागि ७१ औ मिनेटमा बिदेशी खेलाडी अक्बाले तेश्रो गोल गरे । त्यस पछि लय गुमाएको सिजी सुप बिरुद्ध मदन भण्डारी स्पोर्टस् एकेडेमीका बिश्व अधिकारीले ७८ औ मिनेट र दिपेश आलेले ८९ औं मिनेटमा एक–एक गोल थप्दै ५–१ को सहज जित निकालेका थिए । उद्घाटन खेलमा रेफ्रिले ४ खेलाडीलाई पहेलो कार्ड दिएका थिए । आयोजकका बिदेशी खेलाडी थाम्पी र बिश्व अधिकारीले फाउल खेले बापत पहेलो कार्ड पाएका थिए भने सिजी सुपका राकेश हमाल र गोल रक्षक जिवन भट्राईले पहेलो कार्ड पाएका थिए ।
खेलमा २ गोल गरे बातत म्यानअफदि म्याच चुनिएका प्रकाश बुढाथोकी नगद १० हजारबाट पुरस्कृत भए । प्रतियोगिताको राष्ट्रपति बिद्यादेबी भण्डारीले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा प्रदेश पाचका मुख्य मन्त्री शंकर पोखरेल,युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा,राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल,आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
नकाउटका आधारमा चैत्र १९ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले १५ लाख,उपबिजेताले ७ लाख ५० हजार र सेमिफाईनलमा प्रवेश गर्ने टिमले जनही ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार नगद प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक,उत्कृष्ट क्षेत्ररक्षक,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही २० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता संचालन गर्न अनुमानित बजेट १ करोड १४ लाख रहेको छ । दुई समूहमा बिभाजित रहेका १० टिमलाई नकाउटका आधारमा प्रतिस्पर्धा गराईएको छ ।