सार्वजनिक संस्थान खेलकुद बुधबारदेखि

sarbajanik samsthan khelkud

नेपाल टेलिकमको मुख्य प्रायोजन तथा सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालको आयोजनामा ‘नेपाल टेलिकमकप’आठौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल गरी ३ खेलमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र तथा बुद्धिचाल बबरमहलस्थित नेपाल टेलिकमको दुरसञ्चार तालिम केन्द्रमा खेलाइने छ ।
विभिन्न २३ संस्थाका १ सय ६० पुरुष र ४५ महिलाप्रतिस्पर्धा सहभागीहुने आचार्यले बताए । १३ स्वर्ण, १३ रजत र २१ कांस्य गरीजम्मा४७पदककालागि प्रतिस्पर्धा हुनेछ । टिम च्याम्पियनलाई ‘नेपाल टेलिकमकप’प्रदानगरिने छ । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ ।
दौड र ह्यान्डबलहुने
यसैबीच सोहीपत्रकार सम्मेलनमा नेपाल टेलिकमको ११ औं वार्षिकोत्सवका अवसरमा दौड र ह्यान्डबल प्रतियोगिता हुन गइरहेको जानकारी गराइएको थियो ।
नेपाल टेलिकम अत्तिरिक्त क्रियाकलाप समितिले आयोजना गर्ने दौडको दूरी पुरुषमा १० किलोमिटर र महिलामा ५ किलोमिटर हुनेछ । शुक्रबार हुने दौडमा शीर्ष तीन स्थान हात पार्ने दुवै समूहका खेलाडीले क्रमशः २५ हजार, १५ हजार र १० हजारका दरले नगद पुरस्कार पाउने आयोजक समितिका सदस्य–सचिव राजनकुमार अधिकारीले जानकारी गराए ।
त्यस्तै दोश्रो नेपाल टेलिकमकप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म खुलामञ्चलमा हुनेछ । विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५ हजार नगद पुरस्कार हात  पार्ने छन् । उत्कृष्ट खेलाडी र सर्वाधिक स्कोरकर्तालाई ५–५ हजार नगदबाट पुरस्कृत गरिनेछ । नेपाली सेना डिफेन्डिङ च्याम्पियन हो ।

Comment