दोर्जे खत्री स्मृत बोल्डरिङ हुने

megraj news
तेश्रो पर्वतीय खेलकुद महोत्सव अन्तर्गत दोर्जी खत्री स्मृति बोल्डरिङ प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा हुने भएको छ ।
पर्वतारोहण तथा रक क्लाइम्बिङ एसोसिएसन नेपाल (एमआरसीए) र युनिट्राभको संयुक्त आयोजनामा प्रतियोगिता मार्च ३० र ३१ तारिखमा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एमआरसीएका सल्लाहकार एवं कार्यक्रम संयोजक हरि धरेलले जानकारी गराए ।
विद्यालयस्तरीय यो प्रतियोगितामा १ सय छात्र र ५० छात्राले प्रतिस्पर्धा गर्नेछन् । पहिलो हुनेलाई ९ हजार, दोश्रोलाई ६ हजार र तेश्रोलाई ३ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
स्व. दोर्जी एमआरसीएका सदस्य थिए भने जुडो खेलाडी फुपु ल्हामु खत्रीका पिता हुन् । आरोही दोर्जीको यसै वर्षको बैशाख १५ मा सगरमाथा क्षेत्रमा गएको हिम पहिरोमा परी मृत्यु भएको थियो । स्व. दोर्जीकाछोरा छिरिङ दोर्जीले पनियो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताकालागि ३ मिटर अग्लो बोल्डरिङ वाल राखेप हात भित्र तयार गर्न लागिएको एमआरसीएका महासचिव मेघराज पौडेलले जानकारी दिए । सोही पूर्वाधारलाई बोल्डरिङको प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने योजना संघको रहेको पौडेलले बताए ।

Comment