थ्रीस्टारको विजयी सुरुवात

रेडबुल राष्ट्रि«य लिगमा थ्रीस्टार क्लबले विजयी सुरुवात गरेको छ । थ्रीस्टारले मोरंग फुटबल क्लबलाई ३–० ले पराजित गर्यो । थ्रीस्टारका लागि सन्तोष साहुखलले दुइ गोल गरे । सुरुवात देखि आक्रमण गरे पनि थ्रीस्टारले पहिलो गोल गर्न ३४ मिनेट कुर्नु पर्यो । मोरंगका रक्षक निरज बस्नेत घाइते भएर बाहीर रहेको समयमा भिक्टरको पासमा सन्तोषले गोल गरे । विपक्षी गोलरक्षक किशोर गीरीको गल्तीको फायदा उठाउदै थ्रीस्टारले दोस्रो गोल गर्यो । विक्रम लामाको प्रहार क्लीयर गर्ने क्रममा रुपेस तामांगले आतमघाती गोल गरे पछि थ्रीस्टार सहज विजय हा पार्न सफल भयो ।

Comment