सक्षम बने च्याम्पियन, आर्यन उपाधि यात्रामा


सम्राट हाडासंग प्रतिस्पर्धा गर्दै आर्यन गिरी

सक्षम बिक्रम शाह पाँचौ नेपाल जूनियर खुला लन टेनिस च्याम्पियनशिप अन्तर्गत ब्वाइज अन्डर– १० को उपाधि विजेता बनेका छन् । ललितपुर सातदोबाटोस्थित लन टेनिस कोर्टमा सोमबार भएको फाइनलमा सक्षमले राजबीर प्रधानलाई ६–४, ६–४ को सेटमा हराउँदै च्याम्पियन बनेका हुन् । यस्तै सोमबार प्रतियोगिताका ब्वाइज तथा गल्र्स अन्डर– १२ र अन्डर– १४ स्पर्धाको सेमिफाइनल खेलहरु सम्पन्न भए ।
अन्डर–१२ ब्वाइजको फाइनलमा प्रणव मानन्धर र आरभ सम्राट हाडाले फाइनलमा स्थान पक्का गरेका छन् । प्रणवले आयुष्मान घलेलाई ६–०, ६–१ ले तथा आरभले अन्डर १० का उपाधि विजेता सक्षम बिक्रम शाहलाई ६–१, ६–२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । यसै उमेर समूहको गल्र्स स्पर्धामा भने सुभाङ्गी लक्ष्मी शाह र आजा रेग्मीले उपाधिका लागि भिडन्त गर्ने भएका छन् । सुभाङ्गीले इभा अधिकारीलाई ६–३, ६–३ ले तथा आजाले आइशा डोल्कर गुरुङ्गलाई ६–२, ६–४ ले हराउँदै फाइनलमा प्रवेश गरेका हुन् ।
यसैगरी अन्डर– १४ ब्वाइज स्पर्धाको फाइनलमा एभ्यक जोशी र आर्यन गिरीले उपाधि भिडन्त तय गरेका छन् । सेमीफाइनलमा एभ्यकले प्रणव मानन्धरलाई ७–५, २–६, ६–३ ले हराउँदा आर्यनले आरभ सम्राट हाडालाई ७–५, ४–६, ६–१ ले पाखा लगाएका थिए । यसै उमेर समूहको महिला स्पर्धाको फाइनलमा सलोनी तामांग र रायना शाहले स्थान पक्का गरेका छन् । सलोनीले ईशाश्री शाहलाई ६–४, ६–४ ले तथा रायनाले शर्भानी श्रेष्ठलाई ६–२, ६–२ सेटमा हराउन सफल भईन् ।

Comment