सहवीर स्मृति लनटेनिस प्रतियोगिता हुदै


सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा २७ फागुन देखि ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७४’संचालन हुने भएको छ । सो समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराए ।
यसैगरी लनटेनिसतर्फ समावेश इभेन्ट्सहरु पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, ३५ वर्षमाथि भेट्रान्स एकल, ४५ वर्षमाथि भेट्रान्स एकल, ५५ वर्षमाथि भेट्रान्स एकल, ३५ वर्षमाथि भेट्रान्स युगल, ४५ वर्षमाथि भेट्रान्स युगल, ५५ वर्षमाथि भेट्रान्स युगल र ६५ वर्षमाथि भेट्रान्स एकल र इन्टर गभर्मेन्टल सर्भिसतर्फ एकल तथा युगल इभेन्ट्सहरु समावेश रहेका छन् ।
लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । महिला एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने जानकारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले दिए ।
लनटेनिसतर्फ कै पुरुष युगलमा प्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ रहेको छ । महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ नै रहेको छ ।

Comment