सिद्धार्थ सिसु सदन निष्ट लिटिल फ्लावर प्रिमियर लिगको च्याम्पीयन


धनगढीको सिद्धार्थ सिसु सदनले निष्ट लिटिल फ्लावर प्रिमियर लिगको उपाधिमाथि कव्जा जमाएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा कञ्चनपुरको लिटिल वुद्धमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै सिद्धार्थ च्याम्पीयन वनेको हो । विजेता सिद्धार्थले नगद ५० हजार हात पारेको छ भने उपविजेता लिटिल वुद्धले नगद २५ हजार हात पा¥यो ।
कञ्चनपुरको लिटिल वुद्धले टस जित्दै पहिले व्याटिङ गरेर १७.५ ओभरमा सवै विकेट गुमाउँदै ७७ रन मात्रै वनाउन सक्यो । रमेश भट्टले १५ र भीम सार्कीले १४ रन वनाउनु वाहेक अरुले अरुले दोहोरो रन अंक वटुल्न सकेनन् । लिटिल वुद्धलाई कम रनमै समेट्ने क्रममा सिद्धार्थका लागि दिपेन्द्र थापा र किरण ठगुन्नाले २÷२ विकेट लिए । ७८ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको सिद्धार्थले १०.३३ ओभरमा एक विकेट गुमाएर लक्ष्य भट्टायो । सहज जितका लागि किरण ठगुन्नाले अर्धशतकीय पारी सहित ५४ रन वनाए । दिपेन्द्र थापाले २० रनको योगदान दिए । लिटिल वुद्धका लागि विकास आग्रीले एक मात्रै विकेट लिए । खेलको म्यान अफ द म्याच भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सिद्धार्थ सिसु सदनका दिपेन्द्र थापा, उत्कृष्ट व्याट्सम्यान लिटिल वुद्धका रमेश भट्ट, उत्कृष्ट वलर सिद्धार्थका खड्ग वोहोरा र उदयमान खेलाडी विज्डम एकेडेमीका भए ।
धनगढीको लिटिल फ्लावर ईङलिस स्कुलको आयोजनामा फागुन १५ गतेदेखि सुरु भएको निष्ट लिटिल फ्लावर प्रिमियर लिगको दोस्रो संस्करणका विजयी खेलाडीहरुलाई एक कार्यक्रमको विच नगद तथा पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक निष्ट कलेजका संस्थापक प्रिन्सिपल तथा निष्ट फाउण्डेसनका अध्यक्ष डाक्टर माधव प्रसाद वरालले पुरस्कार वितरण गरे । प्रतियोगिताको तेस्रो संस्करणको नगद पुरस्कार राशी वढाउने र विद्यालय स्तरीय क्रिकेट प्रतियोगितालाई अझ उत्कृष्ट रुपमा आयोजना गर्ने प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले समाप समारोहमा बताए ।

Comment