महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको उपाधीको लागी पुर्वाञ्चल र एपीएफ भिड्ने

धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको उपाधीको लागी पुर्वाञ्चल र एपीएफ भिड्ने भएका छन् । आज भएका सेमीफाईनलमा जित निकाल्दै दुवै टोली उपाधी नजिक पगेका हन् । पुर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले पराजीत गरेको हो भने विभागीय टोली एपीएफले घरेलु टोली सुदुरपश्चिमलाई ८१ रनले पराजीत गरेको हो ।
आज भएको पहिलो सेमीफाईनलको पहिलो खेलमा पुर्वाञ्चलले मध्यमाञ्चनलाई ५३ रनको फराकीलो जित निकाल्दै फाईनलमा स्थान सुरक्षित बनाउको हो । टस जितेर व्याटीङ गरेको पुर्वाञ्चलले काजोल श्रेष्ठको अविजीत ५५ रनको मदत्तले २० ओभरमा २ विकेट गुमाउदै १ सय १९ रन बनायो । पुर्वाञ्चलका लागी अप्सरी बेगमले ३२ र कपतान रुवीना क्षेत्रीले अविजीत रहदै १४ रन बनाईन् । काजोल र अप्सरी विच तेश्रो विकेटका लागी ८६ रनको साझेदारी भएको थियो । मध्यमाञ्चलकी रोजी कडारीले १ विकेट लिईन ।
१ सय २० रनको विजयी लक्ष्य सहित मैदा उत्रिएको मध्यमाञ्चलले २० ओभवरमा सबै विकेट गुमाउदै ६६ रन मात्रै बनाउन सक्यो । मध्यमाञ्चलका लागी कञ्चन श्रेष्ठले २१ र सिता श्रेष्ठले १७ रन बनाईन् । पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले ४ ओभरमा एक मेडन राख्दै ६ रन दिएर ३ विकेट लिईन् । सब्नव राई, सन्तोषी चौधरी र संगिता राईले समान १÷१ विकेट लिईन् । खेलको प्लेयर अफ द म्याच पुर्वाञ्चलकी काजोल श्रेष्ठ भईन् ।
शनिवार नै भएको दोश्रो सेमीफाईनलमा विभागीय टोली एपीएफ सुदुररपश्चिमलाई ८१ रनले पराजीत गर्दै उपाधी नजिक पुगेको हो । टस हारेर व्याटीङको निम्तो पाएको एपीएफले २० ओभरमा ४ विकेटको क्षतीमा १ सय ३१ रन बनायो । एपीएफका लागी सिता रानामगरले ५१, सरीता मगरले ३७ र ज्योती पाण्डेयले १८ रन बनाईन् । ज्योती र सिता विच पहिलो विकेटका लागी ६१ रनको साझेदारी गरे भने पिसता र सरीता विच दोश्रो विकेटका लागी ४० रनको साझेदारी भएको थियो । सुदुरपश्चिमका लागी सुमन विष्ट, लक्ष्मी साउद र निशा भट्टले समान १÷१ विकेट लिईन् ।
१ सय ३२ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सुदुरपश्चिम १९ ओभरमा सबै विकेट गुमाएर ५१ रन मात्रै बनाउनसक्यो । सुदुरपश्चिमका लागी निशा भट्टले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफकी सिता मगर, करुण भण्डारीले समान ३÷३ विकेट लिए भने अन्जली चन्दले २ तथा सिता रानामगरले १ विकेट लिईन् । खेलको प्लेयर अफ द म्याच सिता राना मगर भईन् । फाईनल खेल भोली फाप्ला क्रिकेट मैदानमा हुने छ ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

Comment