चिनिया टोलीलाई चेस उपाधि,दिपज्योती र पायनीयर शिर्ष तीनमा


भ्रमणकारी चीनिया टोलीले प्रथम नेपाल–चीन मैत्रीपूर्ण जुनियर स्कुल टिम चेस प्रतियोगिताको उपाधि बुधबार जितेको छ । अन्नपूर्ण माबीमा बुधबार सम्पन्न प्रतियोगिताको पाँच चरणको खेलमा चिनिया टोलीले सत प्रतिसत जित हात पारेको हो । उपविजयी भएको दिज्योतीले चार जित हात पा¥यो भने तेश्रो भएको पायनीयरले तीन जित हात पा¥यो ।
काठमाडौं चेस क्लबको आयोजना तथा अन्नपूर्ण माबीको सह आयोजनामा सञ्चालित प्रतियोगितामा बोर्ड नम्बर एकमा अन्नपूर्णका प्रबेश लामा पहिलो, चिनिया टोलीकी लु जिया हुइ दोश्रो र पायनीयरका अंकीत भुजेल तेश्रो भए । दुइमा चिनिया टोलीका ली जियान पिङ पहिलो, दिज्योतीका बिरबल घर्ती मगर दोश्रो र पायनीयरका अभिषेक मगर तेश्रो भए । तीन चीनीया टोलीका वाङ जि क्वान,बिन्ध्यबासीनीका अश्वीन लावट र अन्न्पूर्णका कृष कुमार गुप्ता शिर्ष तीन स्थानमा रहे । चारमा चिनिया टोलीका वाङ हाओ जिन, गोल्डेनपिकका प्रेम बस्नेत र बिन्ध्यबासीनीका आर्यन श्रेष्ठ शिर्ष तीन स्थानमा रहे । पाचँमा दिपज्योतीका बिश्व घलान, पायनीयरका निराजन कटुवाल र चिनिया टोलीका ह्वा्रग जि हाओ शिर्ष तीन स्थानमा रहे ।छात्रातर्फ चिनकी ली जिया हुइ पहिलो, पायनीयरकी स्नेहा बुढाथोकी दोश्रो तथा लोक आदर्शकी सुरक्षा अर्याल तेश्रो भए । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी अन्नपूर्ण माबिका प्राचार्य चन्द्रप्रकास राजभण्डारी, एफएम तथा मखन चेस क्लबका अध्यक्ष सुजेन्द्र श्रेष्ठ, पूर्व राष्ट्रिय च्याम्पियन सिएम केशब श्रेष्ठ,विद्यालय इसिए इन्चार्ज सुरेन्द्र महासेठ र एफएम मनिस हमाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । काठमाडौं चेस क्लबका सचिव राजेन्द्र बज्राचार्यको सभापतीत्वमा भएको पुरस्कार वितरण समारोहमा पूर्व राष्ट्रिय च्याम्पियन सुरबीर लामाले कार्यक्रम सञ्चालन गरेका थिए । यस अघि प्रतियोगिताको नेपालका पहिलो फीडे ट्रेनर केशब श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगिता चिनिया भाषा शिक्षक संघको सहयोगमा भएको हो ।

Comment