केशब फीडे ट्रेनर

लेक्टर जीयोफ्री बर्गसंग केशब

बुद्धीचालका पूर्व राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठ फीडे ट्रेनर भएका छन् । काठमाडौंमा सम्पन्नन फीडे ट्रेनर सेमिनारबाट केशब ट्रेनर भएका छन् । काठमाडौंमा सम्पन्न सेमिनारको नतीजा लेक्टर फीडेका कार्यकारी अधीकृत जीयोफ्री बर्गले फीडेको साइट मार्फत सार्वजनिक गरेका हुन् ।
नतीजा अनुसार बिश्व विजय घिमिरे,मनोज घिमिरे,राजिव कार्की, मोनालीसा खुम्बु,ऐसास खुम्बु,धरम बहादुर लामा र हिमाल लामा फीडे इन्स्ट्रक्टर भएका छन् । यसैगरी, शिरोमणी बज्राचार्य,बिनोद बिश्वकर्मा,उत्तम ढुंगेल दिपेस गीरी,सुजना लोहनी,गोपाल मर्हजन,सुरेन्द्र कुमार राइ,सुबोध श्रीपाली, गोबीन्द श्रेष्ठ,राम किशोर सिंह,विजय थापा र सुरुची थिङ नेसनल इन्सट्रक्टर भएका छन् । यसैगरी,श्याम ब्यञ्जनकार,विवेक घिमिरे,देबांशु घिमिरे र सानु मर्हजन डेभ्लपमेन्ट इन्सट्रक्टर भए ।
भारतका बिसाल लोन्धे,शशीकान्त मक्टेडार,अरुण मानुकोन्डा,लक्ष्मण मच्छिन्द्र पवर र पेडागन्धन स्केट फीडे इन्स्ट्रक्टर भए । भारतका बासु अनिरबन नेसनल इन्सट्रक्टर भए ।
फीडे ट्रेनर भएका क्यान्डीडेट मास्टर केशब दुइ पटकका राष्ट्रिय विजेता हुन् । तस्बिरः केशबको फेसबुक स्ट्याटसबाट साभार)

Comment