आर्मीलाई उपाधि

नेपाल आर्मी क्लबले सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा शनीबार भएको फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्यो । आर्मीका लागि टंक बस्नेत र नबयुग श्रेष्ठले गोल गरे । १५ औ मिनेटमा टंकले आर्मीलाई पहिलो अग्रता दिलाएका थिए ।
७७ औ मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई दोहोरो अग्रता दिलाए । त्यसको लगत्तै पुलिस क्लबले पेनाल्टी अबसर पाए पनि अजित भण्डारीले यसलाई खेर फाले । उपाधि विजेता आर्मी क्लबले चार लाख तथा उपविजयी पुलिस क्लबले दुइ लाख रुपैया पुरस्कार पायो । प्रमुख अतिथी हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिब.ग आचार्यले विजयी टोली तथा खेलाडीलाई पुरस्कार प्रदान गरे ।

Comment