पुलिस फाइनलमा

नेपाल पुलिस क्लब सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेश गर्ने क्रममा पुलिस क्लबले  बिहिबार बिरगञ्ज युनाइटेडलाई टाइब्रेकरमा ६–५ ले पराजित गर्यो । उपाधिका लागि पुलिसले शनीबार नेपाल आर्मी क्लबसंग खेल्ने छ ।
२५ औ मिनेटमा हरि कठायतले गरेको गोलमा पुलिस क्लबले अग्रता लिए पनि यो अग्रता लामो समय टिकेन । भोला सिलवालको कर्नरमाम सुमन सुबेदीले मिलाइदिएको बलमा हरिले गोल गरेका थिए । ५१ औ मिनेटमा बिसाल राइ एको पासमा दिनेस कार्कीले विरगञ्जका लागि बराबरी गोल गरेका थिए ।

Comment