साइक्लिङ निर्णायक तालिममा


साइक्लिङको दुई भिन्नभिनै राष्ट्रमा हुने निर्णायक तालिममा सहभागी हुन ३ राष्ट्रिय निर्णायक जापान र भारत जाने भएका छन् । इलिट निर्णायक तालिममा भाग लिन अजय राणा र राकेश मानन्धर आइतबार जापानको टोकियो जाँदैछन् । तालिम नोभेम्बर २० देखि २६ तारिखसम्म सञ्चालन हुनेछ ।
त्यस्तै अर्का राष्ट्रिय निर्णायक मनीष महर्जन इलिट रोड साइक्लिङ निर्णायक कोर्समा सहभागी हुन शनिबार भारतको नयाँ दिल्ली लागे । कोर्स आइबारदेखि सुरु भइ एक सातासम्म चल्नेछ । दुवै तालिम अन्तर्राष्ट्रिय साइक्लिङ महासंघको आयोजनामा हुने लागेको हो ।
दुवै टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment