बाबा क्वाटरफाइनलमा

Manoj Shiama
14 September, 2017 7:31 am

 बाबा बोर्डिङ इङलिस स्कुल दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को लिग खेलमा बाबाले जोसेफलाई ४–२ गोलले पराजित गर्दै समूह विजेता भयो । बाबाको जितमा जिग्मे शेर्पाले ह्याट्रिक गरे भने अनन्तले एक गोल थपे । पराजयका बावजुद जोसेफ पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो ।एपेक्स लाइफ स्कुलद्वारा आयोजित प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को लिगमा टीआईएले अमर इङलिस स्कुललाई ५–२ गोलले हराउदै उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । टीआईएका पाल्साङ तामाङले २ तथा सुबोध लामिछाने र आशिष गुरुङले १–१ गोल गरे । बाँकी १ गोल आत्माघाती थियो । अमरबाट दुवै गोल अशोक श्रेष्ठले फर्काए । समूह ‘ए’ बाट क्वाटफाइनल पुगिसकेको निम्सले आफ्नो अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन विद्या संस्कारलाई २–० गोलले पाखा लगाउदै समूह विजेता बन्यो । निम्सका दिपेश सेती मगर र शंकर परियारले गोल गरे ।क्वाटरफाइनल निम्स र मातृभूमि, बाबा र संस्कृति, द इलाइट्स को–एड र टीआई तथा सिद्धार्थ बनस्थली र जोसेफबीच हुनेछ ।