लनटेनिस टोली भियतनाम जाने

8(2)
आईटीएफ एसियाली जुनियर डिभिजन– २ डेभलोप्मेन्ट यु–१४ टेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली शनिबार भियतनामको होचिमिन प्रस्थान गर्दैछ । जनवरी १८ देखि २८ तारिखसम्म चल्ने च्याम्पियनसिपमा नेपालबाट समान ३–३ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष खेलाडीमा संरक्षकभूषण वज्राचार्य, रेन्जन लामा र प्रशान्त बस्नेत तथा महिलामा इरा राउत, जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेमा रहेका छन् ।
प्रशिक्षकमा कृष्णराज घले छन् । अभिभावकहरु याना माथेमा र देवेन्द्र राउत पनि टोलीसंग जाने छन् । टोलीलाई अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरे ।

Comment